आज हरिबोधिनी एकादशी तुलशीको पूजा गरी मनाईदै

काठमाण्डौं,मङ्सिर ११। कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ । भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत बस्दछ्न् ।

यी महिनामा बिवाह,व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न निषेध छ । हरिबोधिनी एकादशीका दिन घरआगनमा रोपिएको तुलसी नजिक मण्डप बनाई विधिपूर्वक पूजा गरि बिवाह गरिन्छ ।त्यसैले यश दिनलाई तुलसी बिवाह पनि भन्ने चलन छ। पौराणिक मान्यता अनुसार जालान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर ह र ण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् ।

त्यसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ । त्यसैले तुलसीलाई पनि भगवान विष्णुकै स्वरुप मनेर पूजा गरिन्छ ।तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।हरिबोधिनी एकादशीका दिन तुलसीको मठलाई गोबर माटोले लिपेर रातो,पहेँलो ,सेतो रङ र फूलको मालाले सिँगारेर तुलसीलाई मालाले फन्को मारिन्छ ।नजिकै बिष्णुको प्रतीकका रुपमा निगालो, बाँस वा सालको लि ङ्गो गा’डि’न्छ ।

त्यसपछि धूप,दीप ,नैबेद्य, फलफूल ,अक्षताचन्दन आदिले पूजा गरेर विवाह कार्यक्रम सम्पन्न गरि सबैले प्रसाद ग्रहण गर्दछ्न् । हिन्दु धर्ममा तुलसीको ज्यादै ठूलो महिमा छ।कार्तिक महिनाभरी सम्पूर्ण तीर्थसहित सबै देवताहरू तुलसीमा निवास गर्दछ्न् ।त्यसैले जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थसमान हुन्छ ।

गरूण पुराणका अनुसार कार्तिक महिनामा एउटा मात्र तुलसी भगवान बिष्णु लाई अर्पण गरे दश हजार गोदान गरे सरह फल प्राप्त हुने मान्यता छ।अर्को पौराणिक मान्यता अनुसार एकदिन सत्यभामाले श्रीकृष्णको तुला दान गर्दा तुलाको एकातिर श्रीकृष्ण र अर्को तिर सत्यभामाले सम्पूर्ण सम्पत्ति राख्दा पनि श्रीकृष्णबसेको तुलो भारी भयो ।

त्यो देखेर दुस्खमानेकी सत्यभामालाई रुक्मिणीले आफ्नो तर्फ तुलसी राख्न संकेत गरिन् ।तुलसी पत्र राख्नासाथ आफ्नो तुलो भारी भयो र श्रीकृष्ण माथि उठे। यस कथाले पनि तुलसीको महिमा ठूलो रहेको स्पष्ट हुन्छ । साथै तुलसीको धार्मिक र सांस्कृतिकका साथै बैज्ञानिक मान्यता पनि उत्तिकै रहेको छ।तुलसीको पात,डाठ र फुलको रस ले रुघाखोकी, औलो ,स्वासप्रस्वास छाला सम्बन्धि चर्मरोग, लुतो ,दाद आदिको औषधि हुन्छ ।

तुलसी को रस राती शरीरमा लगाएर सुतेमा लाङखुट्टेले टोक्दैन । तुलसीको नजिक स र्पले बास गर्दैन ।तुलसीको हावले बि षा लु किटाणुको ना’स गर्दछ। अनि वातावरण पनि शुद्ध हुन्छ । नियमित तुलसीपत्र सेवनले स्मरण शक्ति बढ्दछ ।तसर्थ तुलसीको हरेक दृस्ठिकोणबाट निकै महत्व रहेको स्पष्ट हुन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv