बर्दिवासमा प्रहरीले च’ला’यो गो’ली, ३ जना घाइते
बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षकी बालिकाको निधनको घटना पछि उत्पन्न परिस्थितीका क्रममा प्रहरीले गो’ली च’ला’एको छ । घटनामा ३ जना घाइेत भएका छन् । बर्दिवास १४ शुभम् बस्तीबाट बे’प’त्ता भएकी ६ वर्षीया बालिका मृ त अवस्थामा फेला परेकी थिइन् । घटनाको विरोधमा उत्रिएकामाथि प्रहरीले गो’ली च’ला’एको हो ।
बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । कसैको तिघ्रा र कसैको टाउकोमा चो’ट लागेको छ ।
संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ। अहिले बर्दिबास चोकमा मृ’त क बालिकको शव राखेर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन्
बिहानैदेखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। स्थानिय बासीन्दाले घटनामा संलग्न भएको अभियोग लागेका २५ वर्षीय युवकको घरमा आगो लगाइदिएका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।
घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बो’रामा खाँ’देको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।
बालिकाको नियोजित तरिकाले ज्यान लिएको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको ज्यान लिएको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाइँले बताउनुभयो । तस्बिर नेपाल खबर