गणेश मान सिंह को १०४औं जन्म जन्यन्तीमा मह जोडी सम्मानित (भिडियो सहित )

काठमाण्डौ २४ कात्तिक । सर्वमान्य नेता तथा लोह पुरुष गणेश मान सिंह को १०४औं जन्म जन्यन्ती मनाईएको छ ।

राजधानीको शान्ती बाटिकामा गणेशमान सिंह तथा जन-आन्दोलन स्‍मृति शान्ती प्रतिष्ठानद्वारा आयोजना गरेको हो । उक्त कार्यक्रमलाई सम्माननीय उपराष्ट्रपती नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा अतिथी पुर्व रक्षामन्त्री भिमसेन दास प्रधान,नेका पुर्व महामन्त्री प्रकाश मान सिंह, पुर्व गृहमन्त्री कृष्ण सिटौला , पुर्व सभामुख सुबास नेम्वाङ लगाएतका नेताहरु को उपस्थिती रहेको थियो । सबैले गणेश मान को योगदान को कदर गर्दै वहाँ को स्मरण गरेका थिए ।

सो कार्यक्रममा मह जोडीलाई जन आन्दोलन स्वर्ण पदक तथा अभिनन्दन पत्रले बिभुषित गरिएको थियो । वि.सं. १९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो। नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv