महासंघको निर्वाचन आज कस्ले मार्ला बाजी

काठमाण्डौ,मङ्सिर १३ । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुने भएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशनले शेखर गोल्छाको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष गोल्छा शनिबारदेखि अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र ६४ जना कार्यसमितिको मतदान शनिबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचनको तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।

कोरोनाका कारण महासंघको नयाँ कार्यसमिति निर्वाचन तीन स्थानमा तोकिएको छ। चैत २८ मै हुनुपर्ने साधारणसभा तथा अधिवेशन कोरोनाका कारण पटकपटक सर्दै आएको थियो। कोरोनाको कहर साम्य नभएकाले साधारणभाको उद्घाटन र बन्दसत्र भर्चुअलमार्फत बिहीबार र शुक्रबार गरियो। शनिबार जिल्ला र नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसियटतर्फका लागि कार्की ब्यांक्वेट बबरमहल र वस्तुगततर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ। कोरोना संक्रमित मतदाताले भने प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान गर्न पाउनेछन्।

वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ र एसोसियट उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा अन्य पदका उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन्।

जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना र एसोसियटतर्फ १९ जनाका लागि ३३ जना उम्मेदवार मैदानमा छन्। त्यस्तै संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्। ६४ पदका लागि १ सय २७ जना प्रतिस्पर्धामा उत्रिएका छन्। कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउन वर्तमान अध्यक्ष, भावी अध्यक्ष र पूर्वअध्यक्ष खुलेर लागेका छन्। भावी अध्यक्ष गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाले प्रधानका पक्षमा तीव्र लबिङ गर्दै आएका छन्। प्रधान अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा गोल्छासँग निर्वाचन हारेका थिए। उनले व्यावसायिक क्षेत्रमा स्थायी शत्रु र मित्र नहुने भन्दै यसपालि गोल्छा र मुरारकाकै समर्थनमा ५८ प्रतिशतले चुनाव जित्ने दाबी गर्दै आएका छन्।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv