भुत मेलामा तान्त्रिक विद्मा सिकाइँदै
सिरहा । यसै त भूत भन्ने वित्तिकै सबै डराउने गर्दछन् । आखिर भूत कसैले पनि देखेको हुँदैन तर पनि भूत भन्ने वित्तिकै प्रायः सबैकाे सातो जान्छ । तर नेपालमै यस्तो परम्परा छ जहाँ भूत मेला लगाउने गरिन्छ । सिरहास्थित कमला नदीमा प्रत्येक वर्ष भूत मेला लगाउने गरिन्छ । हरेक वर्षको विजया दशमीको आगमनसँगै धा’मी’झाँ’क्री बो’क्सा’बो’क्सी सक्रिय हुन्छन् । भन्ने विश्वासका साथ आश्विन अमावस्यालाई त’न्त्र सिद्धिका लागि सर्वोत्तम मानिदै आईएको छ साेही रातमा यसकाे पुजा हुने गर्दछ ।
सोही अवधिमा सिकारु धामी र बो’क्सीहरु रातिराति आ–आफना गुरुसँग मन्त्र सिक्छन् । कालीको पूजाअर्चना पनि गर्ने गर्दछन् । प्रत्येक वर्षजस्तै यस वर्ष कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र साडीमा सजिएका धा’मी’झाँ’क्रीहरु हातमा बलेको आगोसहितको माटोको भाँडा र बेतको लठ्ठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै त्यो कमला नदीमा जाने परम्परा छ ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ भन्दै आ–आफनो देवताहरुको नाम जम्प्दै नयाँ धा’मी’झाँ’क्री मादल, झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा भक्तहरु कर्कश स्वरमा कमला नदीमा सपथ ग्रहण गर्न जान्छन् ।
सूर्योदयसँगै आइतबार बिहानै हजारौँ नव धा’मी’झाँ’क्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने काम गरेर आज रातिबाटै कमलानदी किनारमा भूत खेल्नेहरुको घुइँचो लागेको थियो । आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधा’मी’झाँ’क्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथका लागि आएका हुन ।
कमला नदीमा आएर सपथ लिए पश्चात नव धा’मी’झाँ’क्रीहरु पाको हुने जनविश्वास गरिन्छ । अन्धविश्वासका कारण वारम्बार बो’क्सा’बो’क्सी’को नाममा महिलामाथि हुने हिं’सा दोहरिरहने महोत्तरी धनुषा सिरहामा रहेका छलफल गोष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म कुनै अनुसन्धान हुन सकेको छैन भने । यतातिर सरकारले पनि चासो नदिएको पाईएको छ ।