तारा भाउजु …!

काठमाण्डौं । विवाह पूर्व नन्दकाे पेटमा बच्चा छ याे कुरा तारा भाउजुलाइ थाहा भाे याे सुनेर उनी अवाक भइन, के तारा भाउजुले नन्दकाे जिन्दगी सपार्न सक्लिन ?

उता रातभरि सपनालाइ निन्द्रा लाग्दैनथ्याे । उनलाइ के गराैं कसाे गराैं भइरहन्थ्याे । रातभरि निन्द्रा नपरेकाे कारण पुरा शरिर दुखीरहेकाे थियाे । बिहान उठ्दा रिंगटा लागेर ढलिन्छ कि जस्ताे भयाे उनी ओछ्यान मै चुपचाप बसी रहेकी थिइन ।

एकछिनमा तारा भाउजुले साेधिन आज अफिस जाने हाेइन सपना नानी ?

सपनाले भनिन जाने हाे भाउजु म तयार हुँदैछु तर उनकाे बाेली निकै कमजाेर सुनिन्थ्याे ।

सपनाकाे कमजाेर बाेली सुनेर तारा भाउजुले गर्न लागेकाे सबै काम छाेडेर आइन र साेधिन भाे के भयाे नानी तपाइँलाइ ? तपाइँ बिरामि त हुनुहुन्न ?

केही हाेइन भाउजु, म ठिक छु मलाइ केहि भएकाे छैन ।

तारा भाउजुले भनिन तिम्राे अनुहार हेर्दा त ठिकै छ तर बाेली निकै कमजाेर सुनिन्छ भन्दै निधारमा हात राख्ना साथ भनिन नानी हजुरलाइ त निकै ज्वराे पाे आएकाे रहेछ त ।

हजुर भाउजु, यति भन्दै सपना बाथरूम तिर दाैडिन उनी जाेरजाेरले उल्टी गर्न लागिन तारा भाउजु पनि उनकै पछिपछि वाथरूम पुगिन । तारा भाउजुलाइ निकै चिन्ता लागि रहेकाे थियाे के भयाे नन्दलाइ, दाजु पनि बाहिर जिल्ला गएका छन् । के गराैं नगराै भन्दै सपनालाइ डाेराउँदै उनकाे ओछ्यान सम्म पुराएर अलिक कडा आवाजमा भनिन पर्दैन अफिस सफिस जान तपाइँ अहिले निकै बिरामी हुनुहुन्छ चुप लागेर आराम गर्नुुस ।

सपनाले कुनै जवाफ निदइ चुपचाप ओछ्यानमा पल्टिन । तारा भाउजु नन्दकाे लागि चिया पकाउन भान्सामा पसिन । केहि क्षणमा चिया लिएर नन्दकाे काेठामा पुग्दा उनले सपना राेइरहेकाे देखिन र उनकाे आँसु पाेछ्दै किन राेएकाे नानी नरूनुस सबै ठिक हुन्छ चिन्ता लिन पर्दैन ।

अहाे, भाउजु हजुरले मेराे कति ख्याल राख्नु हुन्छ । हजुरले मलाइ आमाकाे कमी कहिले हुन दिनु भएन । सधै माया, प्रेम र स्नेह दिनु भाे । मैले गरेका सबै गल्तीहरूलाइ माफी गर्नु भाे । खै भाउजु तर आज मलाइ नराम्राे महशुस भइरहेकाे छ ।

के भयाे नानी तपाइँलाइ ? यस्ता कुरा नगर्नुस बरू छिटाे चिया नास्ता खानुस र म तपाइँलाइ डाक्टरकाेमा लिएर जान्छु ।

तारा भाउजुले यति भनेपछि सपना डाक्टरकाेमा जानकाे लागि तयार भइन । तारा कि साथी विनिता डाक्टर थिइन । ताराले सपनालाइ उनकै क्लिनिकमा लिएर गइन । विनिताले सपनाकाे चेकजाँच गरेपछि तारालाइ लिएर क्याबिनमा गइन र साेधिन तारा, सपनाकाे बिहे भयाे ?

तारा भन्छिन, अहँ भएकाे छैन तर उनकाे बिहेकाे कुरा चलिरहेकाे छ । तिमि याे कुरा म संग किन साेध्दैछाै ताराले डाक्टर विनिता संग प्रश्न गरिन । के कुनै कुरा सिरियस छ र ?

हाे तारा, कुरा त सिरियस नै छ, के भने सपना गर्भवती छिन उनकाे चाैंथाे महिना चलिरहेकाे छ ।

डाक्टर विनिताकाे कुरा सुनेर तारा भाउजु अवाक भइन । उनले मनमनै भनिन सपना तपाइँले याे के गर्ने भाे यस्ताे ? चार महिना पुगिसकेकाे रहेछ मलाइ अहिले सम्म यि कुरा किन लुकाउनु भाे नानी ? भन्दै तारा मनमनै गुनथुन गर्न लागिन । तारा भाउजुकाे मनभित्र हुरी चलिरहेकाे थियाे अथाह पिडा झल्किरहेकाे थियाे ।

केही क्षणपछि सपना र तारा भाउजु घर फर्के । तारा भाउजुलाइ लागि रहेकाे थियाे कि डाक्टर विनिताले भनेकाे विषयमा सपना संग कसरी कुरा गर्ने हाेला ? यस्तै गनथन मनथन गर्दै ताराभाउजुले खाना पकाइन । सपनालाइ खाना र औषधी खुवाएर आराम गर्न भनिन ।

तारा भाउजुकाे मन अझै थामिएकाे थिएन । यस्ताे बिरामी भएकाे बेला यस्ता कुरा काेट्याउनु हुुँदैन दिनभर आराम गर्नुहुन्छ र साँझ तिर अलिक ठिक भएपछि आरामले सामुन्ने बसालेर यस विषयमा म कुरा गर्नेछु ।

साँझकाे ५ बजे चिया लिएर तारा भाउजु सपनाकाे काेठामा पुगिन त्यति बेला पनि सपना राेइरहेकि थिइन । उनकाे नजिक बसेर तारा भाउजुले भनिन सपना उठ्नुस चिया पिउनुस, मलाइ तपाइँ संग केहि जरूरी कुरा गर्नु छ ।

हुन्छ भाउजु, मलाइ पनि हजुर संग केहि विशेष कुराकानी गर्नुछ यति भनेर सपना चिया पिउन लागिन । चिया पिएर उनले तारा भाउजुकाे मुखमा पुलुक्क हेरिन तारा भाउजु उनकै अनुहार हेरिरहेकि थिइन । यत्तिकैमा तारा भाउजुले भनिन सपना नानी, तपाइँ दुइ जिउकी हुनुहुन्छ भन्ने कुरा तपाइँलाइ थाहा थियाे ?

थिएन भाउजु तर यस विषयमा मलाइ कस्ताे अनाैठाे महशुस भइरहेकाे छ ।

सपनाकाे कुरा सुनेर तारा भाउजुले भनिन तपाइँ ३० वर्षकाे हुनुभाे नानी, तपाइँ केटाकेटी त हाेइन नि चार, चार महिनाकाे गर्भवती हुँदा सम्म पनि थाहा छैन भन्ने ? यति ठूलाे कुरा तपाइँले मलाइ बताउनु भएन अब मैले तपाइँकाे दाजु र वुवालाइ के जवाफ दिने ? कम्तिमा मलाइ त भन्नु पर्छ नि तपाइँ र वुवाकाे जिम्मेवारी मेराे काँधमा छाेडेर दाजु अर्काे जिल्लामा काम गर्न जानु भएकाे छ । अब त म तपाइँकाे दाजु र वुवा समक्ष मुख देखाउने लायक सम्म पनि भइन ।

सपनाले रूँदै भनिन, हजुरलाइ थाहै छ नि भाउजु मेराे महिनावारी अनियमित हुन्छ यस्ताे कसरी भयाे मैले चालै पाइन ।

तारा भाउजुले रिसलाइ काबु गर्दै भनिन, त्याे काे हाे जाे संग तपाइँ प्रेम गर्नुहुन्छ ?

उसकाे लागि घरकाे सबै मानमर्यादा र इज्यत फाल्दै हिंड्नु भएकाे छ ? यदि काेहि मन परेकाे थियाे भने मलाइ बताएकाे भए म त्यहि केटा संग तपाइँकाे बिहे गरेर पठाइदिन्थे ।

भाउजु, मेराे र दाजुकाे हाकिम विराट…. यति भनेर सपना रून लागिन ।

सत्यानाश गर्नुभाे नानी……विराट त विवाहित हाे उसकाे बालबच्चा सबै छन् । के उ तपाइँ संग बिहे गर्न तयार छ ?

खै, थाहा छैन भाउजुु, सपना बिस्तारै बाेलिन  ।

दाजुले मलाइ विराट संग एउटा पार्टीमा भेट गराउनु भएकाे थियाे ।  उ विवाहित छ भन्ने कुरा मलाइ जानकारी छैन । म त आज मात्र हजुरबाट थाहा पाउँदैछु उ विवाहित छ भनेर ।

सपनाकाे कुरा सुनेर तारा भाउजु पागल जस्तै भइन र सपनाकाे जिउ हल्लाउँदै भनिन् अब म के गराैं ?  नानि ? तपाइ नै मलाइ बाटाे देखाउनुस् । म यस विषयमा केहि साेंच्नै सकिन चार पाँच दिन पछि तपाइँकाे दाजु आउनु हुन्छ म वुवा र तपाइँकाे दाजुकाे सामुन्ने कसरी पर्नु ?

मलाइ बचाउनुस भाउजु… दाजु र बुवाले याे कुरा थाहा पाउनु भयाे भने मलाइ मारिदिन्छन । तारा भाउजुले भनिन मलाइ केहि साेंच्न दिनुस भन्दै आफ्नाे काेठामा पसिन । रातभर साेंचिन  र उनले तय गरिन कि म आफ्नाे श्रीमान रमेशलाइ याे कुरा भन्छु केहि समय बैनि संग निकै रिसाए पनि याे कुराकाे हल पक्कै निस्कन्छ ।

अर्काे दिन बिहानै फाेन गरेर घरमा भएकाे सबै घटना रमेशलाइ बताइन । याे सबै सुनेर रमेश पनि अवाक भए र बाेले म साँझकाे फ्लाइट बाट घर आउँछु तव सम्म् तिमि आफ्नाे डाक्टर साथी विनिता सँग गर्भपतनकाे लागि कुरा गर ल बाँकी कुरा घरमै आएर गराैंला । मलाइ विराटले यस्ताे ठूलाे धाेका देला भन्ने थाहा थिएन भन्दै फाेन काटिदिए ।

घरकाे सबै काम सकेर तारा भाउजु नन्दकाे काेठामा गइन सपना घाेप्टी परेर राेइरहेकि थिइन । तारा भाउजुले उनकाे काँध माथी हात राखेर भनिन सपना अब राेएर केहि हुँदैन हामी फेरि डाक्टरकाेमा जाउँ यसकाे समस्याकाे समाधान त्यहिं बाट निस्कन्छ । नन्द भाउजु तयार भएर डाक्टर विनिताकाेमा गए ।

ताराले भनिन, विनिता सपनाकाे गर्भपतन गराउनु पर्ने भाे । ठिकै छ म जाँच गरेर बल्ल बताउन सक्छु विनिताले जवाफ दिइन र सपनालाइ चेकजाँचकाे लागि आफ्नाे काेठामा लगिन र जाँच गरेपछि भनिन साढे चार महिनाकाे गर्भ छ यस्ताेमा गर्भपतन गराउने हाे भने, सपनालाइ बचाउन कठिन हुन्छ अब कुनै चान्स छैन ।

डाक्टरकाे कुरा सुनेर तारा परेशान भइन उनलाइ के गराैं के नगराै भइरहेकाे थियाे । केहि दिन पछि सबैलाइ जानकारी हुनेछ अनि के हुन्छ सपनाकाे जिन्दगी ? के उ संग बिहे गर्छ ? यस्ताे ठूलाे गलती भएकाे छ अब जिन्दगी भरि दुनियाले नानाथरी भन्छन त्यहि सुनेर उहाँकाे जिवन जाने भाे भन्दै तारा भाउजु रून लागिन ।

अब के गराैं ? कसरी म नन्दकाे जीवन राम्राे बनाउँ ? दुवै हात टाउकाेमा राखेर उनी मर्माहित हुँदै रूँदै थिइन । अकस्मात उनले श्रीमानकाे आवाज सुनिन । रमेशले भने के भयाे तारा किन राेएकाे ? उनले पुलुक्क श्रीमान तिर हेरिन अनि रूँदै उनलाइ अंगालाेमा बेरिन र भनिन के हुनु रमेश, सपनाले आफ्नाे जिन्दगी बर्बाद गर्नुभाे डाक्टर विनिता भन्छिन साढे चार महिना काे बच्चा छ यस्ताे अवस्थामा गर्भपतन गराउने हाे भने नानीकाे मृत्यु पनि हुन सक्छ अब के गर्ने ? उनका दिमाग भरि अनगिन्ति प्रश्नहरू थिए जसकाे कुनै जवाफ थिएन ।

रमेशले भने, जाए जाओस उसकाे ज्यान यसले कसैकाे सामु मुख देखाउन नहुने बनाइ ।

तारा भाउजुले भनिनि कस्ताे कुरा गरेकाे याे तपाइँले ? आखिर सपना हाम्री छाेरी जस्तै त हुन नि । उहाँले गल्ति गर्नु भएकाे छ याे सुधार गर्ने हाम्राे जिम्मेवारी हाे नि यसरी हजुरले नै हिम्मत हारे कुनै पनि बाटाे निस्कँदैन त्यसैले अहिले तत्काल हामी सपनालाइ घरै लिएर जाउँ ।

रमेश र ताराले सपनालाइ घर लिएर आए । रिसले रमेश सपना देखि आगाे आगाे भएका थिए । सपना संग एक शब्द पनि बाेलेनन् । उनी साेंच्दैथे विराट यस्ताे गलत पवृतिकाे मानिस हाे मेराे बैनीकाे जिन्दगी बर्बाद गर्ला भन्ने लागेकाे थिएन ।

घर पुगेर सपनाले रमेशकाे खुट्टा समातेर रूँदै भनिन दाइ मलाइ माफ गरिदिनुस हजुरले बालपन देखि नै मेरा सबै गलतीहरूलाइ माफ गरिदिनु भएकाे छ । मलाइ बेस्सरी पिट्नुस तर म देखि नरिसाउनुस ।

रमेशले बैनीलाइ उठाएर टाउकाेमा थपथपाउँदै ..रूँदै आफ्नाे काेठामा पसे । त्यस दिन तीनै जनाले खाना खाएनन् । सबै परेशान थिए कुनै बाटाे देखिरहेकाे थिएन जहाँ बाट सपनाकाे जिन्दगी सपार्न सकियाेस् ।

ताराले रमेशलाइ भनिन वुवा काकालाइ भेट्न जानु भएकाे छ । तीन चार दिनमा उहाँ पनि आउनु हुनेछ अनि याे कुरा उहाँलाइ कसरी थाहा दिने ? उहाँले थाहा पाउनु भाे भने, हार्टअट्याक हुन्छ ।

रमेशले भने, तिमि चिन्ता नगर म भाेली वुवालाइ केहि दिन काकाकै घरमा बस्नुस भन्छु । अनि त्यहि बिचमा हामीले कुनै बाटाे बनाउनै पर्छ ।

ठिकै छ, यति भनेर तारा काेठामा पसिन पछि पछि रमेश पनि काेठामा पसे रमेश म केहि समयकाे लागि सपनालाइ लिएर शहर जाउँ ?

रमेशले भने, तिम्राे दाइ त्यहाँ एक्लै बस्नुहुन्छ त्यहाँ गएर के गर्छाै तिमिहरू ? ताराले भनिन्,  दाजु संग भेट गर्छु र सपनाकाे बारेमा बताउँछु । उहाँले कुनै सल्लाह दिनुहुन्छ कि ? दाजुले विवाह गर्नु भएकाे छैन । दाइले जुन केटीसंग प्रेम गर्नु हुन्थ्याे उसले दाइ कै साथी संग बिहे गरेर हिंडेपछि दाइकाे मन खिन्न भयाे । उहाँकाे बिहेकाे लागि धेरै केटी देखाइयाे, धेरै मनाइयाे, राेइयाे धाेइयाे तर दाजुले बिहे गर्न राजी हुनु भएन । याे मेराे घरकाे समस्या हाे । दाजुलाइ यसकाे लागि कुनै उपाय भए साेध्छु केहि गरि बैनीकाे घर बचाउनका लागि भएपनि सपना संग बिहे गर्न मान्नु हुन्छ कि ?

उहाँकाे पनि एक्लाे जिन्दगी यसै गरी सधै कट्दैन । दाजुलाइ पनि साथी चाहिएला दाजुकाे उमेर पनि ३७, ३८ वर्षकाे भयाे । दिनानु दिन बुढाे भइन्छ त्यसैले याे अन्तिम उपाय म सपनाकाे लागि दाजु संग कुरा गर्छु दाजुले मान्नु भयाे भने, दुवैकाे जिवन बन्छ । शहरमा बसेपछि सपनाले पनि आफ्नाे ती काला दिनलाइ भुल्दै जानेछिन । इज्यत पनि जाेगिन्छ त्यसैले म नन्दलाइ लिएर शहर जान उत्सुक छ ।

यती भनेपछि रमेशले दुवै नन्द भाउजुलाइ शहर पठाइदिए ।

शहर पुगेर तारा भाउजुले सबै कुरा आफ्नाे दाजु तिलकलाइ बताइन । तिलकले भने, तिमिले भनेपछि र सपनाकाे जिवनकाे खातिर भए पनि म बिहे गर्छु भनेर राजी भए तर एकपटक सपनालाइ पनि साेधि हेर ।

तारा भाउजुले खुशी हुँदै सपनालाइ साेधिन सपनाले पनि हुन्छ भनेपछि तत्कालै फाेन गरेर याे कुरा रमेशलाइ पनि भनिन । रमेशले भने तारा आज तिमिले याे घरकाे इज्यत बचाउनका लागि जस्ताे कदम चाल्याै र त्यसमा सफल पनि भयाै यसकाे लागि म जिवन भर तिम्राे आभारी रहनेछु ।

ताराले भनिन, सपना संग मेराे नाताे भलेहि नन्द भाउजुकाे छ तर उहाँ त मेराे बैनी पनि त हाे नी । यति भनेपछि बिहेकाे दिनकाे टुंगाे लाग्याे । उता काकाकाे घरमा भएका बुवालाइ रमेशले घर बाेलाए र सबै कुरा सुनाए साथै बिहेकाे कुरा पनि भने, यसरी तारा भाउजुकाे सहयाेगले घरकाे इज्यत र सपनाकाे जिउ ज्यान बच्याे । उनकाे जिवन सुखमय हुने भयाे ।

दुवै घरका परिवारकाे राजीखुशीले तिलक र सपनाकाे बिहे भयाे । विदा हुने समयमा सपनाले भाउजुलाइ अंगालाे मार्दै खुब रूँदै भनिन भाउजु, हजुरले मेराे जीवन राम्राे बनाइदिनु भयाे । हजुर जस्ताे तारा भाउजु सबैले पाउन ।

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv