काठमाण्डाैमा कुकुर पाल्न वडामा दर्ता अनिवार्य गर्नुपर्ने, अनाैठाे नियम लागु
घर पालुवा कुकुरको उचित संरक्षण नभइ डुलाउने बाहनामा सार्वजनिक स्थानमा मलमुत्र त्याग गराएर बटुवा र छरछिमेकमा समेत हैरानी भइ फाेहर भएपछि कुकुर पाल्ने धनिले आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने अभियान काठमाण्डाै महानगरपालिकाले सुरु गर्न लागेको हो ।
महानगरपालिकाले सचेतना अभियान चलाउँदा पनि फाेहरमा कमी नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुल लगायत क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।
महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकाले पहिलो चरणमा सचेतना कार्यक्रम तीव्र बनाएको छ । सचेतनासँगै काठमाडौँ महानगरमा छाडा कुकुरको घाँटीमा हरियो रङको पेटी बाँध्न थालिएको छ ।
पशु व्यवस्थापन महाशाखाले हरियाे रङकाे पेटी बाँधीएका २२ हजार यस्ता कुकुरको ब’न्ध्याकरण गरिसकेको छ । महाशाखा प्रमुख डा. अवधेश झाका अनुसार अब बाँकी करिब पाँच हजार कुकुरको ब’न्ध्याकरण थालिएको छ ।
हालै वडा नं ३१ मा छाडा कुकुरकाे बन्ध्याकरण गर्ने कार्य सकिएको छ, अबको छ महिनाभित्र सबै छाडा कुकुरको बन्ध्याकरण सकिने र नियमित रेबिज वि’रुद्धको सुई दिने व्यवस्था महानगरपालिकाले गर्ने छ उहाँले बताउनुभयो ।
महानगरपालिका–७ का सदस्य कृष्णमणि भट्टराईका अनुसार छाडा गाई, गोरु र बहरका सन्दर्भमा भने कान्जी हाउसको व्यवस्था र मलमूत्रको प्राङ्गारिक मल उपयोग गर्ने सोचिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।