सुन्तलाको बोक्रा चर्केको देखेपछि…

सुन्तला र खानपिनका सामान लिएर एक महिला जेलमा आफन्तलाई भेट्न गएकी थिइन् । राजस्थानको अजमेर जेलमा आफन्त भेट्न गएकी ती महिलाको साथबाट लागूऔषध बरामद भएको छ ।

आइतबार अजमेर सेन्ट्रल जेलमा न’शालु पदार्थ बरामद भएको भारतीय दैनिक भास्करले लेखेको छ । माया नाम गरेकी ती महिला विचाराधीन मुद्दामा जेलमा पुर्पक्षका लागि रहेका बन्दी रमेशलाई भेट्न गएकी थिइन् ।

मायाले आफूसँग केही खानपिनका सामान र २ किलो सुन्तला लिएर गएकी थिइन् । जेलको गेटमा तैनाथ हेड कन्स्टेबल जीवनरामले उनको झोला चेक गरेपछि उनलाई भित्र जान दिए । महिला केही पर पुगेपछि जीवनरामलाई शंका भयो कि सुन्तलामा निशान किन थियो ? जीवनरामले तत्काल उनलाई रोके र एउटा सुन्तला छोडाएर हेरे ।

सुन्तलाभित्र अगरबत्तीको मोटाइको लागूपदार्थ लुकाइएको थियो । सबै सुन्तलामा प्लास्टिकले बेरेर यसैगरी लागूपदार्थ राखिएको थियो । सुन्तलाभित्रबाट करिब ४० ग्राम नशालु पदार्थ बरामद भएको बताइएको छ । जेल सुरक्षा प्रशासनले सबै सुन्तला जफत गरेर पुलिसलाई जिम्मा लगाएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv