साताकाे पहिलाे दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घट्याे

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो ।

केही दिनदेखि अन्तराष्ट्रिय बजारमा बढिरहेको सुनको मूल्य आज भने थोरै ओरालो झरेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv