लाइन्स क्लव नेपाल द्वारा भक्त वि.वि. फर ह्युमानिटिलाई स्ट्रेचर हस्तान्तरण

काठमाडाै, मंसिर २२ । लाइन्स क्लव नेपालले भक्त वि.वि. फर ह्युमानिटिलाइ  ८० थान स्ट्रेचर हस्तान्तरण गरेकाे छ । सोमबार काठमाण्डौको गोङगबुमा एक कार्यक्रमको आयोजना गरी भक्त बीबी वि.वि. फर ह्युमानिटि का अध्यक्ष संगिता बलामी लाई सो स्ट्रेचर हस्तान्तरण गरेको हो । अमेरिकामा रहँदै आउनु भएका देवेश गुरूङ र धिरेन गुरूङ काे विशेष सहयाेग एवम् इगल स्काउट फार्म, फ्रिस्काे युएसए, भक्त विवि हेल्पिङ्ग हेन्डस फर ह्युमानिटी, टेक्सास युएसए, र इन्टरनेशनल एसाेसिएशन अफ लाइन्स क्लबकाे आर्थिक सहयाेगमा काेभिड १९ बाट प्रभावित क्षेत्रमा बितरण गर्न स्ट्रेचर तयार गरिएको संस्था जनाएको छ ।

आज गाेंगबु, बसपार्क नजिक, एबिआर कम्प्लेक्सकाे हलमा एक कार्यक्रमका बिच लाइन्स क्लब नेपालका डिजि गभर्नर टंक बहादुर श्रेष्ठ ज्युले भक्त वि.वि. फर ह्युमानिटिका अध्यक्ष शारदा भुसाल (झा), चेयरम्यान संगिता बलामी, काेषाध्यक्ष पुरूषाेत्तम राजभण्डारी, सचिव गिता देवी ढकाल र सदस्य ज्ञानेन्द्र प्रसाद भट्ट समेतलाइ उक्त स्ट्रेचर हस्तान्तरण गर्नु भएकाे थियाे ।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा बाेल्दै भक्त वि.वि.फर ह्युमानिटीका अध्यक्ष श्री शारदा भुसाल झाले , कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका दुर्गम जिल्लामा पर्ने नगर तथा गाउँपालिकाका विभिन्न वडामा सडक यातायातकाे सुविधा र स्वास्थ्य सेवामा पहुँच नभएका र स्वास्थ्य केन्द्र पुग्न दुइ तीन दिन पैदल यात्रा गर्नु पर्ने स्थानहरूमा सर्वसाधारण नागरिकहरूकाे स्वास्थ्य अवस्थालाइ ध्यानमा राखी बिरामी पर्दा स्वास्थ्य केन्द्र सम्म पुर्याउन सहज हाेस् भन्ने उद्देश्यले आधुनिक किसिमका डबल फाेल्डिङ्ग स्ट्रेचर आवश्यकता देखिएकाे हुँदा हामीले भक्त विव हेल्पिङ्ग हेन्डस फर ह्युमानिटी का प्रदेश सल्लाहकारहरूलाइ वितरणका लागि प्रदान गर्ने हाे ।

उहाँहरू मार्फत विभिन्न जिल्लाका अति विकट बस्तीहरूमा यी स्ट्रेचर पुग्नेछन । यसका लागि भक्त विविका सल्लाहकार मित्रहरू संग यस विषयमा कुराकानी पनि भइसकेकाे छ र सम्बन्धित वस्तीहरूमा जानकारी पनि गरिसकिएकाे छ । जसकाे लागि हामीले संयुक्त व्यानर तयार गरि प्रत्येक स्ट्रेचरमै सिलाएका छाैं जसबाट पनि सम्बन्धित ठाउँमा पुग्ने र स्ट्रेचरकाे सहि सदुपयाेग हुने विश्वास लिएका छाैं ।

मानवीयताका लागि

यसरी अवसर जुटाउनु हुने दाता देवेश गुरूङ एवम  धिरेन गुरूङलाइ विशेष धन्यवाद छ । यस्ताे राम्राे कार्यकाे उद्देश्य राखेर जुन अवसर दिनु भयाे उहाँलाइ हामी र हाम्राे संस्था हृदय देखि आभार व्यक्त गर्दछाैं । यस पुन्यकाे कार्यमा सहभागी हुने अवसर पाइयाे आउने दिनमा पनि यसरी नै साथ र सहयाेग हुनेछ भन्ने हामीले आशा राखेका छाैं ।

स्ट्रेचर वितरण गरिने स्थानहरू यस प्रकार रहेका छन् ।

कर्णाली प्रदेश
१. सुर्खेत जिल्ला
लेकवेशी नगरपालिका वडा नं. ५ को नेटामा – ५ थान
२. सल्यान जिल्ला
बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ मा – २ थान
३. जाजरकोट जिल्ला
छेडागाड नगरपालिका वडा नं. ११ को झाप्रामा – २ थान
४. कालीकोट जिल्ला
खाँडाचक्र नगरपालिका वडा नं.८ मा – २ थान
५. जुम्ला जिल्ला
गुठीचौर गाउँपालिका वडा नं. ५ वेतालगाउँमा –२ थान
६. दैलेख जिल्ला
नौमूले गाउँपालिका वडा नं. २ कागतेमा –१ थान आठवीस नगरपालिका वडा नं. ५ गोर्खीमा –१ थान
७. रुकुम पश्चिम जिल्ला
चौरजहारी नगरपालिका वडा नं. ८ मा – २ थान



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv