कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात

काठमाडौ । बेलायतमा मंगलबार देखि सर्वसाधारणका लागि पनि कोरोना विरुद्धको खोप सुरु भएको छ । देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको सो देशका संचार माध्मयमले जनाएका छन् ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो। उनले खोप लगाएपछि खुसी ब्यक्त गरेकी छन् ।

उत्तरी आयरल्यान्ड कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको बीबीसीले जनाएको छ।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको हो। पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बेलायतमा १६ लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv