कोरोनाबाट नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाण्डौं,मङ्सिर २५ । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। पूर्व सांसद तथा पूर्वराजदूत लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा विहिवार बिहान दुई बजे निधन भएको हो । लामालाई कोरोना पुष्टि भएके थियो ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए । लामाकी पत्नी इन्द्रमाया तामाङले उनको निधनको पुष्टि गरेकी छन् ।

‘१४ दिनअघि कोरोना भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेकाृ भए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । आइसियूमा राखेर उपचार गर्दा पनि सुधार नभएर उनको राति निधन भएको हो ।

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv