सुरु गरे निर्मला पन्तका आमा बुवाले अनिश्चितकालीन धर्ना , राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसले गर्‍यो धर्नाको पूर्ण समर्थन

कञ्चनपुर, २५ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमा बुवाले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । छोरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई सरकारले पक्राउ गर्न नसकेपछि कारवाहीका लागि दवाव दिन निर्मलाका आमा बुवाले धर्ना सुरु गरेका हुन् ।

नागरिक संघर्ष समितिको अगुवाईमा आइतबारवाट धर्ना सुरु भएको हो । धर्ना अघि समितिले र्याली निकालेको थियो । र्याली सहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर निर्मलाका आमा बुवा सहित धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ ।

यसअघि निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा समेतले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिएका छन् । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने पन्तले बताएका छन् । यसैगरी राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसले धर्नाको पूर्णसमर्थन गरेको छ ।

निर्मलाको गत साउन १० गते बलात्कार पछि हत्या भएको थियो । साउन १० गते साथिको घरमा पढ्न भन्दै गएकी निर्मलाको शव भोलीपल्ट उखुबारीमा बलात्कार पछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv