चन्द समुह फेरी हिंसात्मक राजनीतिको बाटोमा, डा.बाबुराम भट्टराईको प्रतिकृया पछी उजिएको प्रश्न

काठमाण्डौं मङ्सिर २७ । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको छ ।
उक्त घटनाको चौतर्फी आलोचना भई रहेको बेला तत्कालिन माओवादीका जन्मदाता डा .बाबुराम भट्टराईले पनि सो हत्याको भत्सर्णा गर्दै टुइट गर्नु भएको छ । उक्त टुइटमा वहाँले लेख्नु भएको छ “चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ। व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ।चन्दसमूहले गलत नीति त्यागोस;राज्यले सार्थक वार्ता गरोस् ! ”

बिगतको हिंसाको राजनीतिलाई बिर्सेर आफुले गरेको तत्कालिन समयको जनयुद्ध राम्रो र अरुले गरेको बाँदरे राजनीति भन्नु कहाँ कतिको जायज छ । त्यो त समयले बताउला तर उनको त्यो टुइटमा प्रतिकृया भने उनको टुइट बिपरित आएको छ ।

टुइटमा मुमा राम खनाल लेक्नु हुन्छ ” हिजोको गल्तिलाई भन्दा आजको गल्तिलाई सच्याउने हरेक प्रयत्नको समर्थक हुनुपर्छ, रामेश सर। बाबुरामजीको आजको कुरा सही छ। हिजो उहाँले र मैले गरेको कुरा पनि सही थिएन। आज बाबुरामजीको कुरा थाहा छैन, तर मैले पटक पटक माफ मागेको छु। यो प्रसंगमा तपाँईको कुरा पनि सही छैन।”

त्यस्तै शिव छेत्री लेख्नु हुन्छ “आफुले गर्दा जनयुद्द अरुले गर्दा व्यक्ति हत्या ? दानव शैलिमा मान्छे मार्दै हिड्ने तपाईहरु सब आतंककारी हो | तस्विरमा भएको निर्मम हत्याको फरक बताऊनुहोस् | यसरी नरसंहार गरेको निंद्रा कसरी आऊछ तपाईहरुलाई ? आत्मग्लानि हुन्न ? हिजोको हत्या आतंक पनि गलत थियो आजको पनि गलत हो |”
राम सुबेदी – “कथित जनयुद्धको बर्बरता सम्झिँदा तपाँईलाई निन्द्रा लाग्छ कि लाग्दैन क. लालध्वज ? यदि लाग्छ भने तपाँईको यो नाटक पछाडि पनि कुनै क्रुर उद्येश्य हुनपर्छ ।”

उही असली टपरे बाहुन “अनि आफू समेतको नेतृत्व र निर्देशनमा निहत्थाहरूको निर्मतापूर्वक हत्या गरेको महाअपराधमा चाहिँ के कस्तो स्पष्टीकरण दिन चाहनुहुन्छ ? मानवताविरुद्धका उल्लिखित अपराधहरूमा तपाईंको संलग्नता बारे के भन्नुहुन्छ? अनि तपाईंको कर्ममुताविक तपाईं दोषी हुनुपर्ने कि नपर्ने? कि पुन: विद्रोह गर्ने?



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv