बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी भवन निर्माण हुने

काठमाण्डौं,मङ्सिर २७ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को आफ्नै भवन निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि रोयल खेमादेवी जेभीसंग १ करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले बताउनुभयो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । झुलाघाटमा गत जेठ १० गते बिओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहरको छ ।

सीमा सुरक्षाका लागि बैतडीको झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बिओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv