ठकुरी सहयोग संजालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन १०१ सदस्यीय आयोजक मूल समारोह समिति गठन

काठमाण्डौं,पौष २ । ठकुरी सहयोग संजालले यही पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाउने भएको छ । बिहीवार संजालको केन्द्रिय कमिटीको बैठकले उपत्यका बिभाग प्रमुख तथा केन्द्रिय सदस्य नवीन शाही ठकुरीको संयोजकत्वमा १०१ सदस्यीय आयोजक मूल समारोह समिति गठन भब्यताका साथ मनाउने निर्णय गरेको जनाएको छ ।

“श्री ५ बडामहाराजधिराज पृथ्वीनारयण शाह नेपालको ईतिहासमा यो राष्ट्र जोगाउने सन्दर्वमा एकिकरणका प्रतिक हुन वहाँ प्रती सम्मान दिनु सम्झनु हाम्रो पुष्ताको दायित्व रहन्छ त्यसैले बिगतका बर्षमा झैं यस बर्ष पनि मनाउन लागेका हौं ।” संजालका अध्यक्ष अजय मल्ल ठकुरीले बताउनु भयो । समितिमा संजालका सम्पूर्ण बिभागहरु सदस्य रहने गरि १०१ सदस्यीय समिती निर्माण गरिएको पनि जानकारी दिनु भयो । साथै सम्पूर्ण ठकुरी अभियान्ताहरुलाई सो कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अपिल गर्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv