सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने ( भिडियो सहित )

काठमाडौं २६ कात्तिक । सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई नेपालमा व्यवसाय सुरु गर्न कर्जा दिने  प्रक्रिया सुरु गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा व्यवस्था गरे अनुसार वैदेशिक रोजगारीमा गएकाहरुलाई त्यहाँ सिकेको सीप अनुसारको काम नेपालमा गर्न १० लाख रुपैयाँ दिने प्रकृया सुरु गरेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु भएको हो ।

कर्जाका लागि नेपाल राष्ट्र बैंकले आफ्नो नजिकैको शाखाबाट सुविधा लिन सेवाग्राहीलाई आग्रह गरेको छ । यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv