सरकारले गर्याे प्रतिनिधि सभा विघटनको निर्णय

काठमाडौँ— मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले बताएका छन् ।

‘केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै प्रधानमन्त्रीले एकलौटी ढंगले निर्णय बढाउनु भयो, प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय भएकै हो,’ ती मन्त्रीले भने ।

तर, राष्ट्रपति कार्यालय शितल निवासले भने यसबारे कुनै जानकारी नआएको स्रोतले जनाएको छ ।

यसअघि मन्त्रीहरुलाई जानकारी नै नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त प्रस्तावपछि नेकपाको विवादले नयाँ मोड लिएको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

तर, प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका थिए ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv