प्रचन्ड सँग कुरा नमिलेपछी बादल बसे ओली कै प्यानलमा ओलीले दिंदैछन यस्तो जिम्मेवारी

काठमाण्डौ,पौष ९ । अन्तत गृहमन्त्री रामवहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीकै साथमा रहने भएका छन् । तर ओलीले बादलमाथि खेल खेल्न लागिएको बुझिएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पदका विषयमा कुरा नमिलेपछि उनले ओलीको साथ नछोड्ने भएका हुन् । ओलीले बादललाई गृहमन्त्री पनि रहने र पार्टीमा जिम्मेवारी दिने आश्वासन दिएका कारण उनी ओलीतिरै लागेका छन् ।

ओलीले बादललाई बरिष्ठ उपाध्यक्ष पद दिने आश्वासन दिएको बुझिएको छ । तर, बिहिबार नै हाल नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो कित्ता क्लियर गरेर ओलीतिर लाग्ने सम्भावना देखिएको छ ।

बामदेव गौतम आउने वित्तिकै बादलको बरिष्ठ उपाध्यक्ष पद आश्वासनमै सिमित रहने छ ।

विहिवार बादल ओलीले आयोजना गर्ने बैठकमा सहभागी हुने सम्भावना बढेको छ । प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको वरिष्ठ उपाध्यक्ष बन्न खोजेका बादल पद नपाएपछि ओली तिरै लागेको बताइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv