प्रधानमन्त्रीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चेतावनी तनहुँमा म सँग चुनाव लडेर देखाउनुहोस्

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफुसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले ओलीलाई तनुहँमा चुनाव लड्न आए उनको हैसियत देखाइदिने चेतावनी दिएका छन् ।

एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा ओलीले पौडेललाई निर्वाचनमा आफु पराजित हुन्छु भन्ने निश्चित भएकाले पौडेल निर्वाचनवाट डराएको प्रतिकृया दिएका थिए । बुधबार अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिनुको कारण तनहुँमा निर्वाचन हार्ने भएको भनेका थिए।

साथै प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको र अब कांग्रेस महाधिवेशनबाट सभापति बन्न समेत चेतावनी दिएका थिए ।

नेता पौडेलले विहिवार केन्द्रीय कार्यसमितिमा बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री ओलीको चुनौती आफुले स्वीकार गरेको भन्दै ओलीलाई नै आफुसंग प्रतिस्पर्धा गर्न आउन चेतावनी दिएका छन् ।

‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भएको भन्दै कांग्रेसले पुस १३ मा देशैभर आन्दोलन गर्ने निर्णय गरेपछि ओलीले यस्तो टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओली र पौडेलबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन। तनहुँमा पुल उद्घाटन गर्न जाँदा नेकपा कार्यकर्ताले अवरोध गरेका थिए भने उनलाई केहीबेर प्रहरीले पक्राउ गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv