पाइलट बिजय लामाको आक्रोश : जनताका लागि कहिले पलेटी कसेर बस्ने ?

काठमाण्डौं,पौष १२ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड र माधव नेपालले माइतीघरको सडकमा बसेको तस्बिर भाईरल भएको छ । उक्त तस्बिरलाई ब्यङ गर्दै पाइलट तथा अभिनेता बिजय लामाले आफ्नो फेसबुक पेजमा जनताका लागि कहिले यसरी सडकमा आउने भन्नु भएको छ ।

जनताको लागि कहिले यसरी पलेटी कसेर बस्ने?
जनता यसरी बसेको भए पानीको फोहोरा, लात्ती, अनि लाठिको बर्षा हुन्थ्यो…हैट यस्तो समय पनि आउदो रहेछ है??
याद राख्नु होला नेताज्यु हरु…जनताको शक्ति भन्दा कोइ ठूलो छैन!
अन्ततः तपाइहरुलाइ नेपाली जनताकै साथ र बल चाहिन्छ!!! जनता बिना तपाईहरु सबै शून्य हुन्छ भन्ने कुरालाइ राम्ररी ध्यान दिनु होला!!
For the people..
By the people…
Of the people…
जय चन्द्र सुर्य!!!



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv