प्रचन्ड र नेपाललाई प्रम ओलीले कार्यकर्तालाई भने : “खिया लागेको दुईवटा नटबोल्ड खुस्किएपछी पार्टी कुद्न थाल्यो “

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूले गरेको बहुमतको दाबी झुटो भएको बताएका छन् । आज काठमाडौंमा नेकपाले आयोजना गरेको काठमाडौं स्तरीय बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कुनै महाधिवेशन र निर्वाचन नभएकाले कसैले म बहुमतमा छु भनेर गरेको दाबी झुटो भएको बताए । उनले भने, ‘महाधिवेशन र कुनै निर्वाचन नभएकाले बहुमतको दाबी झुटा हो ।,कहाँबाट आयो बहुमत, कसरी पुष्टि भयो बहुमत, कुन कार्यकर्ताले दियो मत ।’ उनले बहुमत छ भन्नेहरूले एउटा जिल्ला, एउटा निर्वाचन क्षेत्रमा बहुमत पुराएर देखाउनसमेत चुनौती दिए ।

आफूलाई बहुमत भन्नेहरुले अबको निर्वाचनमा दुई अंको सिट जित्नपनि नसक्ने प्रधानमन्त्रीकोृ दाबी थियो । उनले भने, ‘धेरै त के भनौं, दुई अंकको सिट जितेर देखाउनुहोला ।’

ओलीले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दावी गरेका छन् । ‘समस्या कहाँ नेर रहेछ, जाम कहाँ रहेछ, खिया कहाँ लागेको रहेछ भनेको त खिया लागेको दुईटा नटबोल्ट फुक्लिएको थियो पार्टी गतिसाथ अघि बढिरहेको छ ।’

यस्तै उनले प्रचण्ड-माधव समूहले पार्टी आधिकारिकता र चुनाव चिन्ह दावी गरेको कुराप्रति पनि आपत्ति जनाए । आफ्नै घरलाई आफैँ दावी गरिराख्नु नपर्ने भन्दै उनले नेकपाको आधिकारिकता आफूहरुसँग नै रहेको संकेत गरे । ओलीले भने, ‘भेट्नो कुहिएर झरेका फलले रुखै मै हुँ भनेर दावी गर्ने ! जसको कटेरो उसैको पुच्छर बाहिर भनेजस्तो !’

ओली त्यतिमा सीमित भएनन्। उनले भने, ‘अलिअलि मान्छे त सिसीमा औषधि बिक्री गर्नेले पनि रत्नपार्कमा जम्मा गर्छ। उहाँहरुको हालत त्यो भन्दा बढी हुने छैन। टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानोगोला भएको सबैको औषधि बिक्री गर्न रत्नपार्कमा केही मानिस भेला गर्ने काम अब उहाँहरुको हो। उहाँको राजनीति छैन। उहाँहरुको देश, जनता र लोकतन्त्र पनि होइन। संविधान पनि होइन। संविधान संशोधन गरेकोमा, नयाँ नक्सा छापेकोमा कत्रो पीडा?’

उनले खाइपिएर कार्की बैङ्केटमा गएर ओली निकालेको पत्र बोकेर निर्वाचन आयोग पुग्दा आयोगको आयुक्तहरु कति हाँसे होलान्? ओलीको थप प्रश्न थियो। उनले भने,‘ जसको कटेरो, उसको पुछर बाहिर।’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग चलिरहेको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’

तर आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको र उनलाई अध्यक्षबाट नहटाएको बताए। उनले भने, ‘ पुष्पकमल दाहाललाई हामीले अहिले पनि अध्यक्षमा राखेका छौँ । माधव नेपाल झलनाथलाई वरिष्ठ नेतामा राखेका छौँ । हामी कुनै हतारो गरेका छैनौँ । तर पेरिसडाँडामा पत्रकार सम्मेलन चलिराखेको छ ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv