मोहनको पत्थरको जस्तो मुटुलाई दुर्गेशले पगाले मैनले

काठमाण्डौ, पौष २० । कोहलपुरे ठिटो मोहन कुमार खत्री ले “पत्थरको जस्तो मुटु ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । सोमबार काठमाण्डौमा एक समारोह बिच उनले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

मोहन कुमार खत्रीको शब्द, आशाराम गुरुङको संगीत र प्रबिण बेडवालको सुमुधुर स्वर रहेको उक्त गीतमा चर्चित मोडल एवम गायक दुर्गेश थापा स्‍मृति बलामी र ध्रुव रिजाल ले अभिनय गरेका छन । त्यस्तै संगीत संयोजन बीबी अनुरागीको रहेको छ ।

भिडियोलाई चर्चित हाँस्य कलाकार तथा नेपाली जादुगर भनेर चिनिने शेर बहादुर गुरुङ ले निर्देशन गर्नु भएको छ । छायांकन रविन थापा मगर ,सम्पादन अमृत पन्थी को रहेको छ । यस् भिडियोलाई भ्याली फिल्मस् एकेडेमीले निर्माण गरेको छ ।

बिमोचन कार्यक्रममा चर्चित निर्देशक शिव बिक मोडल दुर्गेश थापा,सुदुरपच्चिमका चर्चित गायक चक्र बम,मिन गुरुङ ,दिपेश गुरुङ,संगीतकार बिकास सिलवाल,रबिन मगर लगायतका ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो । भिडियोलाई दुर्गेश थापाको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv