प्रधानमन्त्रीलाई स्वागत गर्न किन गएनन् मुख्यमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। संसद भंग गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली निर्वाचनको माहौल बनाउन भन्दै देश दौडाहामा निस्केका हुन् । उनको पहिलो कार्यक्रम शुक्रवार धनगढीमा सुरु भएको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन्।

तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरुको सहभागिता थिएन। यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो। तर हाल सहभागिता नदेखिएको हो। नेकपामा आएको विवादको असर प्रधानमन्त्री ओलीको भ्रमणमा समेत देखिएको छ ।

प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक धनगढी पुगेका थिए । तर उनको प्रतिनिधि सभा विघटनको कदमबारे नेकपाको प्रचण्ड–माधव समूहले कडा विरोधमा छ। प्रचण्ड–माधव समूह अन्तरगतका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएका हुन्।

निहित एक समूहको जनसभालाई सम्बोधन गर्न आएको टिप्प्णी अर्को समुहले गरेका छन् । त्यस्तै, जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएको बताइएको छ।

समाचार स्रोतका अनुसार जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको थियो। तर मुख्यमन्त्री तथा मन्त्रीहरुले भने कुनै औपचारीक जानकारी नपाएको बताएका छन् । तस्बिर दिनेश खबर



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv