रहेनन् मार्भल कमिकका पुर्वप्रमुख स्टेन ली

काठमाडौं,२७ कात्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ ।

लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए ।

सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए । लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उनलाई पप संस्कृतिको पिता भन्दै पात्रहरुको ब्रह्माण्ड सर्जक भनेका छन् ।

रोमानियाबाट बसाइँ सराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए । उनले जीवनको लामो कालखण्ड पश्चिमा युवा लक्षित कथाहरुमा आधारित कमिक लेखेर बिताएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv