जन्मदिनको अवसरमा संजाललाई आर्थिक सहयोग

काठमाण्डौं,माघ १ । अभियानता किरण शाह र किशोर सिंह शाहीद्धारा जन्मदिनको अवसरमा ठकुरी सहयोग संजाललाई आर्थिक सहयोग गर्नु भएको छ । माघ एक गते परेको आफ्नो जन्मदिनको अवसरमा वहाँहरुले संजाललाई १०-१० हजार नगद रकम दिने निर्णय गर्नु भएको हो ।

“पुर्खाहरुको सन्देश अनेकतामा एकता,एकतामा हार्दिकता,राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता” मुल मर्म मानी आएको सञ्जालको अभियन्ता एबम् सल्लाहकार किरण शाहले बताउनु भयो । वहाँले भन्नु भयो  “एकता (unite),सशक्तिकरण (empower), पुजीकृत (capitalize) र दिगोपनाको (sustain) जगमा उभिएर आफनो संस्थाको उद्देश्य पहिचान र समृद्धी सहीतको ठकुरी समुदायले जातीय सदभाब र धार्मिक सहिष्णुता सहीतको राष्ट्रिय एकता आजको आवश्यकता महसुस गर्दै सो उदेश्यका साथ देश बिदेशमा संजालले शाखाहरू मार्फत बिभीन्न रचनात्मक सामाजिक कार्यको साथै धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आएको छ ।”

जन्मदिनमा संस्थालाई आर्थिक टेवा पुराउने पवीत्र उद्देश्यका साथसाथ जो कोहीले पनी आफनो कुनैपनी पुण्य कार्य र शुभकार्य गर्दा थोरै रकम आफनो समुदाय र देशको चिन्तामा तल्लीन विश्व ठकुरीहरुको साझा थलो ठकुरी सहयोग सञ्जाललाई सहयोग गर्ने एउटा अभीयान सुचारु होस भन्ने मनसायले आफुले सकेको सहयोग गरेको सल्लाहकार किशोर सिंह शाहीले भन्नु भयो । आफ्नै समुदायको हितका लागि कार्य गर्ने ठकुरी सहयोग सञ्जाललाई सहयोग गर्न हार्दिक अपील समेत गर्नु भएको छ।

संजालमा यसरी संकलन हुने रकम भाषा संस्कृतिको प्रबर्द्धन र प्रशिक्षणमा खर्च गरिने केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरीले जनाउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv